समाचार

काठमाडौँका यी क्षेत्रमा बिजुली जाने



काठमाडौँ, २२ माघ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा आज पाँच घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । 

विद्युत् लाइन भूमिगत गर्ने कार्यका निम्ति बिजुली आपूर्ति बन्द गरिने नेपाल विद्युत् प्राधिकरण जनाएको छ । 

आज कलंकी मालपोत वरिपरिका क्षेत्रमा बिजुली आपूर्ति बन्द हुनेछ । प्राधिकरणका अनुसार बिहान ११ देखि अपराह्न ४ बजेसम्म विद्युत् सेवा बन्द हुनेछ ।