काठमाडौँ, २२ माघ । नेपाल टेलिकमको इ-सिम अब एप र वेबसाइटबाटै पाइने भएको छ ।
आजबाट इ-सिम सेवा लिन सकिने टेलिकमले जनाएको छ । टेलिकमले २१ औं वार्षिकोत्सवको अवसर पारेर उक्त सेवा सुरु गरेको टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीले बताइन् ।
उनका अनुसार अहिलेसम्म ग्राहकहरूले इ–सिम लिनका लागि काउन्टरमा जानुपर्ने बाध्यता थियो । अब ग्राहकहरूले यो सेवा नेपाल टेलिकम एप र वेबसाइटमार्फत् सहजै प्राप्त गर्न सक्नेछन् ।
इ-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक सिम हो । इ-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन ।
यसका लागि इ–सिम सपोर्ट गर्ने ह्यान्डसेट भने आवश्यक हुन्छ ।










प्रतिक्रिया दिनुहोस्