समाचार

काठमाडौँमा ग्याँस सिलिण्डर विष्फोट हुँदा १४ जना घाइते



काठमाडौँ, २४ माघ । काठमाडौँको कमलपोखरीमा ग्याँस सिलिण्डर विष्फोट भएको छ ।

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार आज बिहान पौने ९ बजेको समयमा  विष्फोट हुँदा १४ जना घाइते भएका छन् । तीमध्ये ११ जनालाई अस्पताल लगिएको छ भने तीन जना सामान्य छन् ।

कमलपोखरीको सानदार म:म पसलमा ग्याँस सिलिण्डर पड्किएको हो । घाइते हुनेहरु पनि सोही पसलका कामदार रहेका छन् ।

घाइतेमध्ये एक जनाको अवस्था गम्भीर छ । उदयपुरका २४ वर्षीय संजोग मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुमध्ये पाँच जनालाई कीर्तिपुरको बर्न अस्पतालमा लगिएको छ । सिलिण्डर विष्फोटपछि घरको सिलिङ भत्किएर खसेको छ ।