काठमाडौँ, २५ माघ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले हमास अतिवादी समूहको अपहरणमा परेका कञ्चनपुरका विपिन जोशीको रिहाइको पहल गरिदिन इजिप्टका विदेशमन्त्री डा. बदर अब्देल–अतिलाई आग्रह गरेकी छन् ।
डा. राणाले इजिप्टका विदेशमन्त्रीसँग टेलिफोन वार्ता गरी विपिनको रिहाइका लागि पहल गरिदिन भनेकी हुन् । आफ्नो स्वास्थ्य उपचारका लागि बैंककमा रहेकी मन्त्री राणाले त्यहीँबाट इजिप्टका मन्त्रीसँग फोनवार्ता गरेकी थिइन् ।
इजिप्टका विदेशमन्त्री डा अब्देल अतिले विपिनको रिहाइका लागि आफूले इजिप्टका मध्यस्थकर्तालाई विशेष निर्देशन दिने बताएको मन्त्री राणाको सचिवालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्