काठमाडौँ, २७ माघ । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले काठमाडौं महानगरपालिकाले गुन्डागर्दी प्रदर्शन गरिरहेको बताएका छन् ।
आज प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साहले काठमाडौँको टेकुमा कवाडमा काम गर्ने मजदुरहरूमाथि सांघातिक हमला गरेर काठमाडौँ महानगरपालिकाले गुन्डागर्दी प्रदर्शन गरिरहेको बताएका हुन् ।
उनले भने, ‘आज ११ बजे टेकुको कवाडमा काम गर्ने मजदुरहरूमाथि सांघातिक हमला भएको छ । कथित महानगरका प्रहरी भन्नेहरूको जत्थाले गम्भीर घाइते बनाएका छन् । म विशेष आग्रह गर्न चाहन्छु कानुन र अदालतको आदेश विपरीत जसरी काठमाडौं महानगरपालिकाले गुन्डागर्दी प्रस्तुत गरिरहेको छ । सरकार कानुन बहालीका लागि के सक्षम होइन ? सक्षम हो भने सबैको जीउधनको सुरक्षा गर्न सक्रियता देखाओस्,’ ।










प्रतिक्रिया दिनुहोस्