समाचार

मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु



पोखरा, २७ माघ । पोखराको लेकसाइडमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

प्रहरका अनुसार लेकसाइडबाट सहिदचोकतर्फ आउँदै गरेको मोटरसाइकल नियन्त्रण गुमाएर पोलमा ठोकिदा चालक कास्कीकोटका २१ वर्षीय सफल रानाभाट र पछाडि सवार सिमलचौरका २० वर्षीय सुजल अधिकारीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भिर घाइते उनीहरुको उपचारका लागि मणिपाल शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका हुन् ।