काठमाडौँ, २८ माघ । भक्तपुरबाट तीर्थयात्री बोकेर निस्केको बस नौबिसेमा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार भक्तपुरबाट २९ जनासहित देवघाट तिर्थयात्रामा गएको बस गएराती करिब १० बजे धादिङ जिल्लाको नौबिसेमा दुर्घटना भएको हो । गुड्दागुड्दैको बस पत्ता भाँचिएर बीच सडकमै पल्टिएको थियो । दुर्घटनामा परी मृत्यु हुनेमा दोलखाको तामाकोशी गाउँपालिका,वडा नं. १ निवासी पार्वती काफ्ले रहेकी छन् ।
घाईतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ भने ११ जना सामान्य उपचार पश्चात् घर फर्किएका छन् । घाईतेहरुको वीर अस्पताल, ट्रमा सेन्टर, नेपाल प्रहरी अस्पताल र बाँसबारी स्थित न्युरो अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्