काठमाडौँ, २९ माघ । जनता समाजवादी पार्टी (जसपा) नेपालले भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय गरेको छ ।
आज सिंहदरबारमा बसेको संसदीय दलको बैठकले यस्तो निर्णय गरेको हो । सरकारले संसद् अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । त्यसमध्ये भूमिसम्बन्धी अध्यादेशलाई समर्थन नगर्ने निर्णय जसपा नेपालले गरेको हो ।
बाँकी ५ वटा अध्यादेश अगाडि बढाउने सन्दर्भमा स्वीकृतिका लागि सकारात्मक रहने जसपा नेपालको निर्णय छ ।










प्रतिक्रिया दिनुहोस्