राजनीति

सत्ता पक्षीय दलको बैठक आह्वान



काठमाडौँ, ३ फागुन ।  सत्ता पक्षीय दलको बैठक शनिबार बस्ने भएको छ ।  

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । प्रधानमन्त्रीको सचिवालयले बैठकको मिति तय भएको जानकारी दिँदै अध्यादेशलगायतका विषयमा छलफल हुने जनाएको छ । 

यसअअघि शुक्रबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बसेको थियो । सो बैठकले सत्ता पक्षीय बैठकमार्फत अध्यादेशका बारेमा निष्कर्षमा पुग्ने निर्णय गरेको थियो । सत्ता पक्षीय बैठकमा टीआरसीका विषयमा पनि छलफल गर्ने सत्तापक्षको तयारी रहेको छ ।