संखुवासभा, ४ फागुन । नेकपा (एमाले)ले सभापोखरी गाउँपालिका वडा नं. ६ नयाँबस्तीका आगलागीपीडित नौं परिवार र दुई व्यक्ति गरी जम्मा ११ जनालाई १२ लाख १८ हजार पाँच सय रुपैंया राहत प्रदान गरिएको छ ।
नेकपा एमाले सभापोखरी गाउँ कमिटीका उपाध्यक्ष तिलक लिम्बुको संयोजकत्वमा सङ्कलन भएको पहिलो चरणको रकम फागुन ३ गते शनिबार घटना स्थलमै पीडितलाई प्रदान गरिएको छ । बारबिसे बजारमा माघ २ गते आगलागीमा परि ५ घर जलेर काम नलाग्ने भएको थियो । आगलागी पीडित पाँच परिवार उक्त घरहरुमा डेरा र पसल गरी बस्ने चार व्यक्ति र परिवारलाई एक कार्यक्रमबीच राहत प्रदान गरिएको हो ।
सभापोखरी ६ नयाँ बस्तीका आगलागी पीडित घरमूलीहरुलाई प्रतिपरिवार २ लाख १७ हजार ७ सय रुपैयाका दरले राहत प्रदान गरिएको छ । यसरी राहत पाउनेहरुमा लाल सिं लिम्बू, राम बहादुर राई, अमृता राई, निर्मला (कालाखेती) तामाङ र उनका छोरा शुसिल तामाङको परिवार रहेको छ । यसैगरी परिवारसहित घर भाडामा बस्नेहरुलाई जनही २५ हजार रुपैयाका दरले राहत प्रदान गरिएको छ । जसअन्तर्गत राहत प्राप्त गर्नेहरुमा सभापोखरी ६ की गीता लिम्बू, पाँचखपन १ कि उर्मिला लिम्बू, पाँचखपन १ का अनुष्का लिम्बू र सभापोखरी ४ कि कुमारी लिम्बू रहेका छन् । यसरी नै घर भाडामा बस्ने एकल व्यक्तिलाई जनही १५ हजार रुपैयाका दरले राहत प्रदान गरिएको छ । जसअन्तर्गत राहत प्राप्त गर्नेहरुमा सभापोखरी २ का मेडिकल व्यवसायी दिनेश भट्टाराई र सभापोखरी ५ कि बिध्यार्थी रिमिक्सा लिम्बू रहेका छन् ।
राहत वितरणका लागि प्राप्त रकममध्ये एमाले सभापोखरी गाउँ कमिटीबाट सङ्कलन भएको ७ लाख ३९ हजार ८ सय ८१ रुपैया, राष्ट्रिय युवा संघ नेपाल, जिल्ला कमिटी संखुवासभाबाट सङ्कलन भएको २ लाख ५३ हजार ४ सय ४८ रुपैया, अखिल नेपाल महिला संघ सभापोखरीबाट सङ्कलन भएको ६ हजार ७ सय ५० रुपैया, पार्टी जिल्ला कमिटीबाट सङ्कलन भएको २० हजार ६ सय रुपैया, महिला विकास समुह सभापोखरी ६ नयाँबस्तीबाट सङ्कलन भएको ५ हजार रुपैया, अखिल नेपाल महिला ९अनेम० संघ पाँचखपन नगरपालिकाबाट सङ्कलन भएको २४ हजार रुपैया, भोटीखोला सामुदायिक वनबाट सङ्कलन भएको १० हजार रुपैया, नयाँबस्ती टोल विकास संस्थाबाट सङ्कलन भएको ५४ हजार ८ सय ८५ रुपैया, डके बुद्धटोल सभापोखरी–१ धुपूबाट सङ्कलन भएको ९ हजार ३ सय ७० रुपैया, अनेम संघ खाँदबारीबाट १४ हजार ५५ रुपैया, अनेम संघ धर्मदेवीबाट १६ हजार ४० रुपैया, अनेम संघ चैनपुरबाट ३१ हजार २ सय ४० रुपैया, डाँडागाउँ टोल बिकास समिति सभापोखरी–१ बाट सङ्कलित ९ हजार २ सय १५ रुपैया प्राप्त भएको छ ।
यसैगरी महेन्द्र माध्यमिक विद्यालय खाँदबारी–३ मानेभञ्ज्याङबाट सङ्कलित १० हजार रुपैया, डम्बर बहादुर तामाङ सभापोखरी–६ बाट प्राप्त ३ हजार रुपैया, हिमालय पब्लिक क्याम्पस तथा अरुण भ्याल्ली पब्लिक स्कूलका तर्फबाट केशब भट्टाराईले प्रदान गरेको ५ हजार रुपैया, कुमार खालिङ राई सभापोखरी–४ बाट प्राप्त भएको ३ हजार रुपैया, इश्वर पुलामी मगर सभापोखरी–१ बाट प्राप्त भएको ४ हजार रुपैया गरी जम्मा १२ लाख १८ हजार ४ सय ८४ रुपैया राहत रकम पहिलो चरणमा रकम वितरण गरिएको एमाले सभापोखरी गाउँ कमिटी अध्यक्ष सुमन श्रेष्ठले जानकारी गराएका छन् ।
प्राप्त जानकारीअनुसार बाह्रबिसे आगलागी पीडितहरुका लागि यसअघि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सङ्खुवासभा र सभापोखरी गाउँपालिका कार्यालयबाट केही रकम र आपतकालीन राहतहरु प्राप्त भएका छन् । सभापोखरी गाउँपालिका कार्यालयले घटना का पीडित घरमूलीहरुलाई घर निर्माण सुरु गरेपछि प्रती परीवार १ लाख रुपैयाँका दरले रकम प्रदान गर्ने निर्णय गरेको वडा अध्यक्ष दिल बहादुर तामाङ्ग ले बताएका छन् । आगलागीबाट क्षती भएका ५ घरहरुमध्ये एउटा घरको पुनः निर्माण कार्य भइरहेको छ । स्थानीय लाल सिं लिम्बूले आफ्नो अन्त बस्ने ब्यवस्था नभएको कारण केही दिनभित्रै पुनः निर्माण गरिसक्ने बताए ।
आगलागीपीडितलाई राहत वितरण कार्यक्रममा एमालेका नेताहरू मुरारी खतिवडा, जितबहादुर घिमिरे, सुमन श्रेष्ठ जिल्ला कमिटी अध्यक्ष खड्गबहादुर राई, सीता दाहाल, सुनिता कार्की, बेद कुमारी रिमाल, राष्ट्रिय युवा युवा संघ, नेपालका स्थायी कमिटी सदस्य ध्रुब खड्का (डीवान), युवा ईन्चार्ज भुपेन्द्र कार्की, सभापोखरी १ नम्बर वडाका वडाध्यक्ष ईश्वर पुलामी मगर, ३ का अध्यक्ष दिल बहादुर तामाङ्ग, नेकपा एमाले खादबारी नगर अध्यक्ष देवेन्द्र घिमिरे, सभापोखरीका गाउपालिकाका निर्वाचित निवर्तमान अध्यक्ष रत्न सुब्बा, सभापोखरीकै पार्टी कमिटीका निवर्तमान अध्यक्ष तिर्थ भट्टराई, सोमनाथ बाराकोटी, छत्र कोरङ्गी, निवर्तमान अध्यक्ष हिमाली राई, राष्ट्रिय युवा संघ नेपाल, जिल्ला अध्यक्ष हिल जोन्सोन राई, सचिव कमल सापकोटा, नगर अध्यक्ष कमल मगर सभापोखरी गाउँपालिका वडा नं। ६ का अध्यक्ष जितेन्द्र वनेम लिम्बू लगायत एमाले सम्वद्ध नेताहरू र राहत रकम सङ्कलन समुह र विभिन्न संघ संस्थाको उपस्थिती रहेको थियो ।
पालीकासङ्ग गुनासो
पीडित मध्येकै एक महिलाले पालीका र आफ्नो वडाले खास ठोस किसिमको सहयोग नगरेको तर नेकपा एमाले सभापोखरीको यो अभियानद्वारा आफुलाई घर ठड्याउने आँट बढेको र समाजमा पुनर्स्थापित बन्न सहयोग मिलेको कारण एमालेलाई धन्यवाद दिएकी छन् ।










प्रतिक्रिया दिनुहोस्