कास्की, ५ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वविद्यालयबाट उत्पादित जनशक्तिको स्वदेशमै उपयोग गर्नुपर्ने बताएका छन् ।
गण्डकी विश्वविद्यालयको पाँचौँ वार्षिकोत्सव समारोहमा मुख्यमन्त्री पाण्डेले विश्वविद्यालयले वर्तमानको आवश्यकताअनुसारको पाठ्यक्रम निर्माण एवं पठनपाठनको व्यवस्था मिलाउनुपर्ने बताए ।
अध्ययनकै लागि विदेशिने क्रम बढेको उल्लेख गर्दै उनले विश्वविद्यालयप्रति बढ्दो अविश्वासलाई दृष्टिगत गरी समयानुकूल व्यावसायिक र गुणस्तरीय शिक्षा दिनेतर्फ लाग्नुपर्ने आवश्यकता औँल्याए ।
गण्डकी प्रदेशका समाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले विश्वविद्यालय अनुसन्धान एवं नवप्रवद्र्धनका क्षेत्रमा अघि बढेको बताए । उनले प्रदेशको आवश्यकतालाई सम्बोधन हुने तवरबाट अघि बढ्नुपर्नेमा जोड दिए ।










प्रतिक्रिया दिनुहोस्