धनगढी, ७ फागुन । कैलालीमा पानीमा डुबेर एक वालकको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गोदावरी नगरपालिका–१ बाँसभारी बस्ने प्रेम विकको ३ वर्षीय छोरा पियुस विकको मृत्यु भएको हो ।
आफ्नै घर अगाडी रहेको धारामा खेल्ने क्रममा धारा नजिक रहेको खाल्डोमा डुबेर बालक घाइते भएका थिए ।
घाइते बालकलाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्