ओखलढुङ्गा, १२ फागुन । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आफ्नै पौरख र स्रोत साधनले देश बनाउनुपर्ने बताउनुभएको छ ।
ओखलढुङ्गाको लिखु गाउँपालिका –३ नर्मदेश्वरमा नर्मदेश्वर महोत्सवको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाले अमेरिकाले एमसीसीलगायतका योजना स्थगित गर्दै उल्टै नेपाललाई दोषारोपण गरेको भन्दै मन्त्री भण्डारीले अब विदेशी सहयोगमा नभई स्वदेशमै रहेका उद्योग, कलकारखाना, स्रोत र साधनको उच्चतम प्रयोगबाट देश बनाउनुपर्ने बताउनुभयो ।
स्वदेशको स्रोत–साधनको उच्चतम प्रयोग गर्नेगरी नीति, कार्यक्रम र बजेट ल्याउने योजना रहेको मन्त्री भण्डारीको भनाइ छ । मन्त्री भण्डारीले ओखलढुङ्गा आफैमा एक ब्रान्ड भएकाले नर्मदेश्वर महोत्सवले धार्मिक र पर्यटन प्रवर्धनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्