राजनीति

वडाध्यक्ष मुखियाको निधन



रौतहट, १७ फागुन ।  माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ । 

फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उनको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी दिए । 

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)बाट निर्वाचित उनी २०७४ को चुनावमा पनि वडा अध्यक्षमा नै विजयी भएका थिए ।