राजनीति

माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै



काठमाडौँ, २१ फागुन । नेकपा माओवादी केन्द्रको पदाधिकारी आज बस्ने भएको छ ।

बैठक बिहान ९ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बस्ने भएको हो । सरकारले सदनमा पेस गर्न लागेको अध्यादेश, तराई मधेस जागरण अभियानलगायत समसामयिक विषयमा बैठक निर्णयमा पुग्ने बताइएको छ । 

आजको बैठकमा सुदूरपश्चिम माओवादी संसदीय दल विवाद सम्बन्धमा पनि निर्णय हुन सक्नेछ ।