ललितपुर, २१ फागुन । नेप्सेम्याक सेवा प्रा.लि.ले आफ्ना १४ जना कर्मचारीलाई सम्मान गरेको छ ।
नेप्सेम्याकले आज ललितपुरमा आयोजना गरेको वार्षिक सद्भावना भेला तथा कर्मचारी प्रशिक्षण, सम्मान, रक्तदान तथा बनभोज कार्यक्रममा आफ्ना १३ जना उत्कृष्ट तथा एक जना सर्वोत्कृष्ट गरी १५ जना कर्मचारीलाई नगद तथा प्रमाणपत्रसहित सम्मान गरेको हो । चालक पूर्ण सिंह तामाङलाई रु १५ हजार नगद तथा प्रमाणपत्रसहित सर्वोत्कृष्ट सम्मान गरेको हो । त्यस्तै अन्य सम्मानित हुनुहुनेहरुमा पुजा देउला, वीरेन्द्र कुमार चौधरी, जीतबहादुर तामाङ, मनोज कुमार, खेमबहादुर लिम्बु, केवल लिम्बु, सपना ढुंगाना, राधाकुमारी कटुवाल, नानुमायाँ गुरुङ, संगिता श्रेष्ठ, यमुना पौडेल, जीवन सोराली मगर र उत्तमप्रसाद लामिछानेलाई उत्कृष्ट सम्मान गरेको हो ।
उत्कृष्ट सम्मानीतहरुलाई रु सात हजार पाँच रुपैंया नगद तथा प्रमाणपत्रद्वारा सम्मान गरिएको नेप्सेम्याक भक्तपुरका शाखा प्रवन्धक बाबुराम चौलागाईले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष टीकाराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरिवाबु महर्जनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । त्यस्तै दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतको विशेष आतिथ्यता रहेको थियो भने संस्थासँग सम्बन्धीत विशेष व्यक्तित्वहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि चिरिबाबु महर्जनले नेप्सेम्याकले हालसम्म गरेका कार्यहरुको उच्च प्रशंसा व्यक्त गर्दै आगामी दिनमा महानगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । स्थानीय सरकारले गर्नुपर्ने फोहोर व्यवस्थापनलाई नेप्सेम्याकले नेतृत्व गरी समाजलाई सफा र सुन्दर बनाउन खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गर्दै उहाँले नेप्सेम्याक विकास निर्माणको सारथी समेत रहेको उल्लेख गर्नुभयो ।










प्रतिक्रिया दिनुहोस्