राजनीति

जग्गा संरक्षणको मागसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र



रौतहट, २२ फागुन  । गौर राइस मिलको जग्गा भूमाफियाबाट बचाउन र दोषीलाई कारबाही गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाइएको छ ।

नेकपा (एमाले)का केन्द्रीय सदस्य रौतहट जिल्ला इन्चार्ज अजय कुमार गुप्ताले बुधवार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

नेता  गुप्ताले  प्रधानमन्त्री ओलीलाई  भेटेर गौर राईस मिलको जग्गा भूमाफियाले  बिक्री गर्न लागेकोमा तत्काल उक्त जग्गा रोक्का गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन ज्ञापनपत्र मार्फत माग गरेका  छन् । भूमाफियाले गौर नगरपालिकाको मिलेमतोमा सार्वजनिक  उपभोगमा  रहेको राईस मिलको जग्गा बेचविखन गर्न लागेकोमा जग्गा रोक्का गरी त्यसको सत्य तथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरे । 

साबिक गौर गाविस  वडा नम्बर ७ को कित्ता नम्बर १३९ को ०-४-१५ ,१४०को ०.१६-०,१६३को ४-१०-० र ८०३ को ०.९.० जग्गा गौरको मुटु  भएकाले त्यसको संरक्षणको लागि तत्काल कदम चाल्नुपर्ने एमाले केन्द्रीय सदस्य अजय कुमार गुप्ताद्वारा हस्ताक्षरित ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।