काठमाडौँ, २७ फागुन । काठमाडौँ उपत्यकाको वायु गुणस्तर विश्वका प्रदूषित सहरमध्ये पाँचौँ स्थान देखिएको छ ।
‘एयर क्वालिटी इन्डेक्स’ का अनुसार आज काठमाडौँ विश्वको पाँचौँ प्रदूषित सहर बनेको हाे । यहाँको वायु प्रदूषण एक सय ८० एक्युआई पुगेको छ । यो मापन बिहान ११ः५० मिनेटको हो ।
वायु गुणस्तरको एक नम्बरमा चीनको बेइजिङ छ । यहाँको वायु प्रदूषण २ सय ४० एक्युआई छ । यस्तै, दोस्रोमा युगाण्डाको कम्पालाको वायु प्रदूषण २ सय २८ एक्युआई छ । यस्तै, तेस्रोमा भारतको दिल्ली र चाैथौँमा कुवेत छ । यहाँका वायु प्रदूषण क्रमशः २०५ र १८४ एक्युआई पुगेको छ ।










प्रतिक्रिया दिनुहोस्