राजनीति

होलीले आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझै प्रगाढ बनाउनेछ : पूर्वराष्ट्रपति भण्डारी



काठमाडौँ, २९ फागुन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझै प्रगाढ बनाउने उल्लेख गरेकी छिन् ।

आज सामाजिक सञ्जालबाट शुभकामना व्यक्त गर्दै उनले फागुपूर्णिमालगायत पर्वले आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझ प्रगाढ बनाउने बताइन् ।  देशविदेशमा रहेका नेपालीप्रति फागुपूर्णिमाको हार्दिक शुभकामना व्यक्त गरेकी छिन् । 

उनले लेखेकी छिन्, “वसन्त ऋतुको मौसममा मनाइने रङहरुको पर्व फागुपूर्णिमा (होली)को अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक मङ्गलय शुभकामना । बच्चादेखि वृद्ध हरेक उमेर समूहले हर्षोल्लासका साथ मनाउने यो पर्वले सबैको जीवनमा आनन्द र खुसीको रङ भर्दै आपसी सद्भाव र राष्ट्रिय प्रेमलाई अझै प्रगाढ बनाउनेछ भन्ने मेरो विश्वास छ ।”