राजनीति

दिगो विकासका लागि पूर्वाधार नीति आवश्यक छ : मुख्यमन्त्री कार्की



विराटनगर, २ चैत । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दिगो विकासका लागि पूर्वाधार नीति आवश्यक रहेको बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पूर्वाधार नीति तर्जुमा कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले नीति बनाएर काम गर्दा विकासलाई सही ढङ्गले अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । जलवायु परिवर्तनले गर्दा विकास निर्माण नीति बनाएर नै गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले जलवायु परिवर्तनलाई ख्याल नगर्दा विकास निर्माणले विपत्ति निम्त्याएको बताए । सडक र पुल बनाउनेबित्तिकै भत्किने अहिलेको अवस्था रहेकाले पनि पूर्वाधार नीति आवश्यक रहेको मुख्यमन्त्री कार्कीले औँल्याए ।

उनले भने, ‘हाम्रा आवधिक योजना र नीतिहरु एकातिर सरकारका वार्षिक नीति र कार्यक्रम अर्कोतिर हुने परिपाटी मिल्न नसकेकाले यसलाई मिलाएर अगाडि लैजानुपर्ने अवस्था छ ।’