समाचार

बैतडीमा एक पुरुषको बेवारिसे शव फेला



बैतडी, २ चैत । बैतडीमा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।

दोगडाकेदार गाउँपालिका– ५ दोली भन्ने ठाउँमा अन्दाजी ४२ वर्षिय पुरुषको बेवारिसे शव फेला परेको हो ।

आज बिहान ८ बजे महाकाली राजमार्ग अन्तर्गत पर्ने सडक छेउमै ति पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरीले घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरिसकेको र शव पहिचान हुन बाँकी रहेको छ ।