समाचार

एक सय ४६ मोटरसाइकल प्रहरीकाे नियन्त्रणमा



सिराहा, २ चैत । ट्राफिक नियम उल्लङ्घन गरेको भन्दै सिराहा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट एक सय ४६ थान मोटरसाइकल नियन्त्रणमा लिएको छ । 

होलीमा अवाञ्छनीय गतिविधि रोक्न प्रहरीले शुक्रवार दिनभर सिराहा, लहान, गोलबजार, मिर्चैया, धनगढी, बन्दिपुर लागायतका स्थानबाट मोटरसाइकल नियन्त्रणमा लिएको हो ।

एउटै मोटर साइकलमा दुई जनाभन्दा बढी चढेको, हेलमेट नलगाई मोटरसाइकल चलाएको, अत्यधिक गतिमा कुदाएको, मापसे गरेर चलाएको मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।