समाचार

नागार्जुनमा आगलागी



काठमाडौँ, ३ चैत । नागार्जुन नगरपालिका–७ गौतम गाउँस्थित एक घरमा लागेको आगो निभाउन सास्ती भएको छ ।

स्थानीय कृष्णहरि श्रेष्ठको भुइँतले कच्ची घरमा राती ९ बजे लागेको आगो नियन्त्रण गर्न कठिनाई भएको र आगो निभाउन ललितपुर महानगर समेतको सहयोग लिनु परेको बताइएको छ । 

आगलागीबाट मानवीय क्षति नभए पनि अन्न, लुगालगायत मालसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । बाटो साँघुरो भएका कारण ठूलो दमकल प्रवेश गर्न नसकेपछि ललितपुर महानगरका दुइटा दमकल प्रयोग गरेर आगो निभाइएको हो । आगो निभाउन काठमाडौँ र ललितपुर महानगरपालिका तथा सशस्त्र प्रहरीको दमकल प्रयोग गरिएको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।