काठमाडौँ, ३ चैत । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले विदेशमा बस्ने हरेक नेपालीले नेपालको अनौपचारिक राजदूतको भूमिका निर्वाह गरिरहेको बताएका छन् ।
थाइल्यान्डमा आयोजित एनआरएनएको दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज् सम्मेलनलाई सम्मेलन गर्दै शनिबार साँझ उनले विदेशमा बस्ने हरेक नेपाली नेपालको अनौपचारिक राजदूत भएको बताएका हुन् । एनआरएनले नेपालको सन्देशबहाक भएर नेपाललाई विश्वभरि चिनाउनतर्फ ध्यान दिनुपर्ने, संस्कृतिको आदानप्रदानलाई अघि बढाउन पुलको काम गर्दै त्यसलाई निरन्तरता दिनुपर्ने उनले बताए ।
उनले भने, ‘लोकतन्त्रलाई अगाडी बढाउने गतिमा देश बाहिर भित्र जे भएपनि त्यो प्रतिस्पर्धाभित्र एकता, सहमति, परिवर्तन र सुधार र अग्रगमनको यात्राको गतिमा कमी आउन दिनुहुन्न । यही भावना तपाई एनआरएनभित्र पनि हुनु जरुरी छ । अहिले जे जस्तो अवस्था छ त्यसबाट छुटकारा पाउन पनि प्रतिस्पर्धालाई होइन एकता र सहमतिलाई प्राथमिकतामा राख्नु जरुरी छ ।’
प्रतिक्रिया दिनुहोस्