समाचार

ग्याँस सिलिन्डर पड्किंदा ३ जना घाइते



काठमाडौँ, ३ चैत । धनगढीमा ग्यास सिलिन्डर पड्किंदा तीन जना घाइते भएका छन् ।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-६ मटियारीमा ३६ वर्षीया मिना खड्काको घरमा सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किंदा खड्कासहित स्थानीय ग्याँस बिक्रेता ४० वर्षीय गोविन्द जोशी र खड्काकी २० वर्षीया छोरी चन्द्रा घाइते भएका हुन् ।

उनीहरुको निसर्ग अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको छ । जोशीको पसलबाट ग्यास लगेकी खड्काले जोड्नका लागि समेत उनलाई घरमा बोलाएकी थिइन् । जोशीले सिलिन्डर जोड्ने क्रममा एक्कासी पड्किएको प्रहरीले जनाएको छ ।