काठमाडौँ, ४ चैत । सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ ।
ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ बजेबाट बैठक बस्न लागेको हो । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक बोलाएका हुन् ।
नेताहरूका अनुसार बैठकका एजेण्डाबारे पूर्वजानकारी गराइएको छैन । बैठकमा सरकार सञ्चालन, पार्टीका गतिविधि र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्