समाचार

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु



काठमाडौँ, ४ चैत । कैलालीको गेटा मेडिकल कलेज नजिकै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

प्रहरीका अनुसार अत्तरिया–धनगढी ६ लेन सडकखण्ड अन्तरगत गेटा मेडिकल कलेज अगाडि आइतबार राति सुपप्र ०१००९ प १२५१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक बर्दगोरिया गाउँपालिका-४ का ३२ वर्षीय राजेन्द्र सुवेदीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सुवेदीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो । उनको शव परीक्षणका लागि प्रादेशिक अस्पतालमै राखिएको छ ।

मोटरसाइकल पछाडि सवार बाजुराको बुढिनन्दा नगरपालिका–४ बस्ने २४ वर्षीय जनक रोकाया घाइते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।