समाचार

बसको ठक्करबाट एकजनाको मृत्यु




काठमाडौँ, ५ चैत । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६, भुलचोकमा बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार चितवनबाट हेटौँडातर्फ आइरहेको बा४ख ५५८२ नम्बरको बसले मनहरीबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०६–००२ प ४२३३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

ठक्करबाट स्कुटरमा सवार भरतपुर महानगरपालिका–२, क्षेत्रपुर निवासी २८ वर्षीय आकाश बरामुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सुनसरीको इटहरी उपमहानगरपालिका–७ का २८ वर्षीय बुद्ध लामा घाइते भएका छन् । नयाँ मेडिकल कलेज भरतपुरमा उनको उपचार भइरहेको छ ।