काठमाडौँ, ५ चैत । धरहराबाट हालसम्म दुई करोड रुपैयाँ बराबर रकम संकलन भएको छ ।
फागुन मसान्तसम्ममा धरहरामा धरहराबाट २ करोड ३७ लाख रकम संकलन भएको सहरी विकास मन्त्रालयले जनाएको छ ।
संविधान दिवसको अवसरमा असोज ३ बाट खुला गरिएको धरहरा परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको थियो । गत मङ्सिर ६ गते बसेको मन्त्रिपरिषद्को बैठकले शुल्क लिएर धरहरा सञ्चालन गर्ने निर्णय गरेको थियो । सो निर्णयसँगै मङ्सिर ९ गतेदेखि धरहरा स–शुल्क सञ्चालनमा आएको थियो ।
सशुल्क सञ्चालन भएदेखि हालसम्म २ करोड ३७ लाख बढी रकम संकलन गरेको पनि जनाएको छ । यो अवधिमा हालसम्म १ लाख ३० हजार भन्दा बढीले धरहरा भ्रमण गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्