काठमाडौँ, ५ चैत । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले राजनीतिक अस्थिरता जनताको लागि अपाच्य भएको बताएका छन् ।
आज झापाको बिर्तामोडमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा उनले राजनीतिक अस्थिरताका कारण जनता थकित भएको पनि बताए ।
उनले भने, ‘राजनीतिक अस्थिरता जनताको लागि अपाच्य भएको छ । जनताहरू थकित जस्तो देखिन्छन् । हरेक वर्ष सरकार विघटन, गठन हुने जे परिस्थिति बनिरहेको छ, केन्द्रमा सरकार ढल्ने बित्तिकै प्रदेशमा ढलिहाल्ने, त्यसकारण सम्पूर्ण आर्थिक भार जनताले बेहोर्नुपर्ने, हामीले रखडा गरेको राजस्वबाट सरकारमा बसेको सानो हिस्साले भोगबिलास गर्ने टाइपको बन्यो,’ ।
प्रतिक्रिया दिनुहोस्