काठमाडौँ, ७ चैत । सिन्धुलीमा नुहाउने क्रममा खोलामा डुबेर एक किशोरीको मृत्यु भएको छ ।
वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार तीनपाटन गाउँपालिका–१, छरछरेकी १७ वर्षीया सोमकुमारी चौहानको मृत्यु भएको हो ।
बुधबार (चैत ६) अपराह्न करिब सवा ४ बजे स्थानीय झुगा खोलामा नुहाउने क्रममा डुबेर उनी घाइते भएकी थिइन् ।
बेलघारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उनको सामान्य उपचार गरिएको थियो । गम्भीर अवस्थाकी उनलाई थप उपचारका निम्ति जिल्ला अस्पताल सिन्धुली पठाइएको थियो ।
उपचारका क्रममा बुधबारै बेलुका उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्