शैक्षिक

एसइई सुरु भएको २० मिनेटमै प्रश्नपत्र आउट



सिराहा, ७ चैत । सिराहामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को पहिलो दिनको परीक्षा सुरु भएको २० मिनेटमानै प्रश्नपत्र बाहिरिएको छ ।

जिल्लाको लहान नगरपालिका १९ सोनमती गाढास्थित जनता बनवाली माध्यमिक विद्यालय वर्छवा, कल्याणपुर परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिरिएको हो । 

निजी विद्यालयहरुको सेटिङमा केन्द्राध्यक्ष र प्रहरी प्रशासनको सहयोगमा मोबाइल प्रयोग गरी प्रश्नपत्र बाहिरिएको स्रोतले जनाएको छ । 

यद्यपि जिल्ला परीक्षा समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले भने एसइई परीक्षा मर्यादित बनाउन ५० जना डेडिकेटेड मानिसहरू खटाएका बताएका छन् ।

परीक्षा मर्यादित बनाउन यसवर्ष परीक्षा केन्द्रहरूमा मोबाइल तथा अन्य चिटिङ गर्ने समानमा प्रतिबन्ध लगाएता पनि प्रश्नपत्र आउट हुँदा प्रहरी प्रशासन र केन्द्राध्यक्षहरु कै सेटिङ रहेको पुष्टि गर्छ ।