अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ८ चैत । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ हजार रुपैयाँले घटेर प्रतितोला एक लाख ७५ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ३५ रुपैयाँले घटेर १९ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।