राजनीति

दुई अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान



काठमाडौँ, ८ चैत । प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका दुई अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

एसपीमा बढुवा भएका रवीन कार्की र ज्ञानेन्द्र बस्नेतलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

आज प्रहरी प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा र अतिरिक्त महानिरीक्षक सुदीप गिरीले उनीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।