जनकपुर, १० चैत । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको आवश्यकता औँल्याउँदै, यस्तो प्रणाली भएमा स्थिरता आउने उल्लेख गरे का छन् ।
जनकपुरधामस्थित प्रादेशिक पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष डा. भट्टराईले मुलुकमा राजतन्त्र फर्किने कुनै सम्भावना नरहेको बताएका छन् । संविधानसभाले गरेको निर्णयका विरुद्ध कुनै पनि गतिविधि स्वीकार गर्न नसकिने बताए ।
डा. भट्टराईले अग्रगामी राजनीतिक विकल्प सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा टेकेर बनेको बताए । सङ्घीयतासम्बन्धी आवश्यक नियम तथा कानुन समयमै नबनाइएकाले सङ्घीयता ठीक ढङ्गले अगाडि बढ्न नसकेको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्