राजनीति

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै



काठमाडौँ, ९ चैत । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । 

पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले दिउसो १ बजे पार्टी कार्यालय ललितपुरमा बैठक सुरु हुने जानकारी दिए । 

बैठकमा समसामयिक राजनीतिक विषय र राजावादीको गतिविधि सम्बन्धी आवश्यक निर्णय हुने बताइएको छ ।