अर्थ

घट्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १० चैत । आज बजारमा सुन चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ९ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ७४ हजार १ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर १९ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।