राजनीति

पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाले सभापति बनाउन देउवाको सुझाव 



काठमाडौँ, १० चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन राप्रपालाई सुझाव दिएका छन् ।

आज काठमाडौँमा पार्टीले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ज्ञानेन्द्र शाहलाई पार्टी सभापति बनाउन साथै पूर्वराजाले पार्टी खोलेर आए हुने बताएका हुन् ।

उनले भने, “पूर्वराजा संवैधानिक भएर बस्ने व्यक्ति होइनन्, चाहना नै हो भने राप्रपाले पार्टी सभापति बनाए हुन्छ, पार्टी सभापति भएपछि राप्रपा पनि पछुताउँछ, नभए पूर्वराजाले पार्टी खोलेर आए हुन्छ ।”