अर्थ

नेप्से परिसूचक ५३.०४ अंकले घट्यो



काठमाडौँ, १० चैत । आज सेयर बजार नेप्से परिसूचक ५३.०४ अंकले घटेर २६१६.२६ अंकमा आइपुगेको छ ।

बजारमा आज ६ अर्ब ३२ करोड रुपैयाँ बराबरको कारोबार भयो । योसँगै लगातार छैटौं दिन घटेको छ । बीचमा सामान्य अंकले बढे पनि त्यसअघि लगाता ७ कारोबार दिनसम्म बजार घटेको थियो । 

आज बजारमा २४३ वटा सेयर स्क्रिपमध्ये २३० वटाको मूल्य घटेको छ भने १३ वटाको मूल्य बढेको छ । आज बजारमा सबैजसो समूहका शेयरमा समान प्रभाव देखिएको छ । कुल तेह्रवटा समूहमध्ये ८ वटा समूहको मूल्य २ प्रतिशत भन्दा धेरैले घटेको देखिन्छ । म्युचुअल फण्ड समूहमा भने एक प्रतिशत भन्दा कमको गिरावट देखिएको छ ।