अर्थ

लोडसेडिङले औद्योगिक उत्पादनको लागत बढ्ने



काठमाडौँ, ११ चैत । उद्योग क्षेत्रमा घोषित र अघोषित रूपमा भइरहेको लोडसेडिङले नेपाल सिमेन्ट उत्पादक सङ्घ, स्टिल उत्पादक सङ्घ र नेपाल धागो उत्पादक सङ्घले उद्योगमा भएको लोडसेडिङले उत्पादन क्षमतामा ह्रास भई उत्पादनको लागत मूल्य महँगो पर्न गएको बताइएको छ ।

संयुक्त रूपमा पत्रकार सम्मेलन गरेर तीन सङ्घले लोडसेडिङले उद्योग व्यवसायमा प्रत्यक्ष असर परेको गुनासो गरेका छन् । लोडसेडिङका कारण सिमेन्ट र डन्डीको उत्पादनको लागत महँगो पर्न गएको उद्योगीहरूको भनाइ छ । सिमेन्ट उत्पादक सङ्घका पूर्वअध्यक्ष ध्रुव थापाले उद्योगमा दैनिक घोषित रूपमा १२ घण्टा र अघोषित रूपमा दुई घण्टा लोडसेडिङ हुने गरेको बताउनुभयो । उद्योगमा नियमित रूपमा बिजुलीको आपूर्ति नहुँदा उत्पादनमा ५० प्रतिशतले कमी आई उत्पादनको लागत मूल्यसमेत बढ्न गएको उहाँको भनाइ छ । 

नेपाल विद्युत् प्राधिकरण/प्रमुख कार्यकारी निर्देशिक कुलमान घिसिङले उद्योगमा पूर्वाग्रहपूर्ण तरिकाबाट बिजुली काटेर लोडसेडिङ हुँदा सिमेन्टको लागत मूल्यसँगै बजार मूल्यसमेत महँगो पर्न गएको उहाँको भनाइ छ । औद्योगिक क्षेत्रमा सधैँ लोडसेडिङ भइरहेको छ तर नेपाल विद्युत् प्राधिकरण किन लोडसेडिङ छैन भन्छ ? किन लोडसेडिङको सूचनासहितको तालिका दिँदैन ? भन्ने प्रश्न गर्दै थापाले देशमा लोडसेडिङको अन्त्य नभई झुठको खेती प्राधिकरणले गरिरहेको आरोप लगाउनुभयो ।

स्टिल उत्पादक सङ्घका अध्यक्ष शोभाकर नेपालले लोडसेडिङ, कच्चा पदार्थको मूल्य वृद्धि र डलर महँगो हुँदा डन्डीको मूल्य महँगो पर्न गएको बताउनुभयो । लोडसेडिङका कारण स्टिल उद्योगको उत्पादनमा ६० देखि ७० प्रतिशतले कमी आएको उहाँको भनाइ छ । 

नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष पशुपति मुरारकाले उद्योग दिनमा एक घण्टा पनि बन्द गर्न नहुने बेला प्राधिकरणले बिजुली नदिएर १२ घण्टासम्म बन्द गरेको बताउनुभयो । बर्खाको समयमा निर्माण सामग्री नहुने अवस्थामा उद्योग नचल्ने र मङ्सिरमा धान उत्पादन भए पनि उद्योग बढी समय चल्नु स्वाभाविक भएको उहाँले बताउनुभयो । नेपाल विद्युत् प्राधिकरणले जुनबेला उद्योगलाई धेरै बिजुली चाहिएको समयमा प्राधिकरणले लोडसेडिङ गर्दा उद्योग व्यवसायमा ठुलो असर परेको गुनासो उहाँको छ ।

प्राधिकरण लोडसेडिङ गरेको छु भन्न नसक्ने, लोडसेडिङको तालिका नदिने अनि झुटो र भ्रामक प्रचारबाजीमा गरेर किन उद्योगीलाई दुःख दिइरहेको उहाँको भनाइ छ ।