समाचार

काभ्रेमा टिप्पर दुर्घटना



काठमाडौँ, ११ चैत । काभ्रेको तेमाल गाउँपालिका  वडा नम्बर–९ स्थित भण्डारीवेशीमा टिप्पर दुर्घटना भएको छ ।

प्रहरीका अनुसार गएराति सिन्धुलीको आँपघारीबाट रामेछाप तर्फ जाँदै गरेको बा.५ ख १३५ नम्बरको टिप्पर दुर्घटना भएको हो । 

गिट्टी लोड गरिएको टिप्पर उकालोमा ब्रेक फेल भएर सुनकोशी नदीमा खसेको छ । दुर्घटनामा परेर चालक काभ्रेको भुम्लु गाउँपालिका–१० घर भएका इन्द्र माझी घाइते भएका छन् ।