काठमाडौँ, ११ चैत । कृषि तथा पशुपक्षी विकास मन्त्री रामनाथ अधिकारीले कृषिलाई आधुनिक प्रविधि प्रयोग गरेर व्यावसायीकरण गर्नुपर्ने बताएका छन् ।
आज सिंहदरबारमा आयोजित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति बैठकमा मन्त्री अधिकारीले अहिले भइरहेको पुरातन खेती प्रणालीले कृषिमा आत्मनिर्भर बन्न नसकिने बताएका हुन् ।
उनले भने, ‘जमिन छैन मल बीउ पनि किन्न सक्दैन, उ गरिबीमा बाँचेको छ, वर्षभरि माटोमा खेल्छ ६ महिनाभन्दा बढी खान पुग्दैन । नम्बर एक यसका विषयमा सोचौँ, दोस्रो नम्बर मध्यम खालको जसले वर्षभरि खेती गर्छ र उ बाँच्न सक्छ । त्यसका विषयमा सोचौँ र तेस्रो व्यावसायिक किसान । हामीले यसको पेरिफेरिमा रहेर यो नीति बनाउन सक्यौँ भने हामी दौडेर जहाँ पुग्न खोजेको हो पुग्न नसकौँला तर यसलाई कार्यान्वयन चरणमा लैजान र व्यवस्थापन गर्न सक्यौँ भने नेपालले यति कल्पना गरे पुग्छ अहिलेका लागि ।’
प्रतिक्रिया दिनुहोस्