काठमाडौँ, ११ चैत । काठमाडौँको चन्द्रागिरी नगरपालिका-२ नागाढुङ्गा ढलानस्थित सडकमा हाईस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको ग.१ ख ५५४६ नम्बरको हाईस अनियन्त्रित भई आइतबार साँझ दुर्घटना हुँदा हाईसमा सवार हाल वतन नखुलेकी अन्दाजी २५ वर्षीया सबिना गुरुङको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका हाईसमा सवार २ जनाको राष्ट्रिय ट्रमा सेन्टरमा र १ जनाको अन्नपूर्ण न्युरो अस्पताल माइतीघरमा उपचार भइरहेको छ । हाईस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस्