मनोरञ्जन

‘शाम्बाला’ले जित्यो निफमा शीर्ष अवार्ड



काठमाडौँ, १२ चैत । आठौंं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा मीनबहादुर भामद्वारा निर्देशित फिल्म ‘शाम्बाला’ले शीर्ष पुरस्कार गौतम बुद्ध अवार्ड जितेको छ ।

यसवर्षको संस्करण सोमबार बेलुका सम्पन्न भयो जहाँ १७ विधाका विजयीलाई पुरस्कृत गरियो । नेसनल फिल्म प्रतिस्पर्धाको विधामा ‘आँखा’ उत्कृष्ट कथानक फिल्म घोषित भयो । ‘साक्षी रुख’ उत्कृष्ट छोटो फिल्म र ‘देवी’ उत्कृष्ट डकुमेन्ट्री घोषित भए ।

फिचर फिल्मको प्रतिस्पर्धामा ‘पूजार सार्की’बाट दिनेश राउत उत्कृष्ट निर्देशक, ‘पूजार सार्की’बाट अञ्जना बराइली उत्कृष्ट अभिनेत्री, ‘आँखा’बाट आरके मेहता उत्कृष्ट अभिनेता, ‘पूजार सार्की’बाट राजेश श्रेष्ठ उत्कृष्ट छायांकार र ‘आँखा’बाट जौन योञ्जन उत्कृष्ट पटकथा लेखक घोषित भए ।