समाचार

ट्रक आफै अनियन्त्रित भई त्रिशूलीमा खस्यो



काठमाडौँ, १२ चैत । चितवनको भरतपुर–२९ स्थित चौध किलोमा एक ट्रक अनियन्त्रित भएर त्रिशूली नदीमा खसेको छ । 

प्रहरीका अनुसार नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा प्र०३–००१ ख ४८७४ नम्बरको कोइला बोकेको ट्रक आफै अनियन्त्रित भई त्रिशूली नदीमा खसेको हो । प्रहरीले चालक र सहचालकको उद्धार गरेको छ । 

यद्यपि चालक राम नारायण यादवको सरकारी अस्पताल भरतपुर बिहान ८ः २० बजे मृत्यु भएको बताइएको छ ।  सहचालक सुन्द्र कुमार यादवको भने उपचार जारी रहेको छ ।