राजनीति

कृषि अनुदानमा हुने बदमासीको अन्त्य भएको छ : मन्त्री अधिकारी



काठमाडौँ, १२ चैत । कृषि तथा पशुपन्छी  विकासमन्त्री रामनाथ अधिकारीले विगतमा  कृषि अनुदानमा  बदमासी भए पनि अब यसको अन्त्य भएको  बताएका छन् ।

आज ललितपुरमा नेपाल उद्योग वाणिज्य महासङ्घको कृषि उद्यम केन्द्रले गरेको कृषिमा लगानी सम्बन्धी सम्मेलनलाई सम्बोधन गर्दे कृषि मन्त्री अधिकारीले कृषि अनुदानमा  बदमासी भए पनि अब यसको अन्त्य भएको हुन् ।

उनले भने, ‘मन्त्रालयले  हाल सम्मको  अनुदान विवरण सार्वजनिक गर्ने कार्यको सुरुवात भएकाले  अव सबै अनुदान पारदर्शी  हुने र कसले केका लागि कति रकम लिएको हो सबैले थाहा पाउन सक्ने अवस्था बनेको छ, ।