काठमाडौँ, १३ चैत । उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले विकास निर्माणको काममा कम स्रोतबाट धेरै नागरिक लाभान्वित हुनेगरी काम गर्नुपर्ने बताएका छन् ।
नगर विकास कोषले मंगलबार काठमाडौँमा आयोजना गरेको सहरी पूर्वाधारः प्राथमिकता तथा वित्त व्यवस्थापन कार्यशालामा बोल्दै उनले संघीयतालाई बलियो बनाउन संघ र स्थानीय सरकारबिच सम्बन्ध सुमधुर बनाउनुपर्छ भन्नेमा आफ्नो जोड रहेको भनाइ थियो ।
सहरीकरणका लागि अहिले देखिएका समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेकाले नागरिकको जीवन र जीविका सहज बनाउने कुरा नै अहिले सरकारको प्राथमिकतामा रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्