राजनीति

पृथ्वीको तापक्रम वृद्धिलाई सन्तुलनमा राख्नुपर्छ : मन्त्री शाही



काठमाडौँ, १३ चैत । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्वका सबै मुलुक मिलेर कार्बन उत्सर्जन तत्काल घटाउनुपर्ने बताएका छन् ।

जर्मनीको राजधानी बर्लिनमा आयोजित ‘पिटर्सबर्ग जलवायु संवाद–२०२५’ लाई सम्बोधन गर्ने क्रममा मन्त्री शाहीले पृथ्वीको तापक्रम वृद्धिलाई सन्तुलनमा राख्नुपर्ने र जलवायु वित्त परिचालनलाई तीव्रता दिनुपर्ने बताएका हुन् ।

मन्त्री शाहीले संवादमा नेपालले नगन्य कार्बन उत्सर्जन गरे पनि जलवायु परिवर्तनका अवसरबाट सबैभन्दा बढी प्रभावित हुनुपरेको बारेमा विश्व समुदायको ध्यानाकर्षण गराएका थिए ।