काठमाडौँ, १३ चैत । विपक्षी दलहरूले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानपूर्वक हटाएको भन्दै प्रतिनिधि सभा बैठकमा सशक्त विरोध गर्ने भएका छन् ।
आज बिहान सिंहदरबारमा बसेको विपक्षी दलको बैठकले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद् अवरोध गर्ने निर्णय गरेको रास्वपाका सन्तोष परियारले जानकारी दिए ।
उनले भने, ‘विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई अपमानजनक ढङ्गले दुई तिहाइ दम्भका आधारमा गलहत्त्याउने काम सरकारले गर्यो, यसबारे आज हामी सदनमा सशक्त आवाज उठाउने छौ, प्रश्न गर्नेछौ’, ‘सडकमा पनि यसको आवाज उठेको छ ।’
प्रतिक्रिया दिनुहोस्