राजनीति

नेपाली जनप्रगतिशील मञ्च जापानद्वारा कुलमान बर्खास्तीको विरोध



काठमाडौँ, १३ चैत । नेपाली जनप्रगतिशील मञ्च, जापानले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गर्ने सरकारको निर्णयको विरोध गरेको छ । 

मञ्चले एक प्रेस विज्ञप्ति  जारी गर्दै कुलमान बर्खास्तीको विरोध गरेको हो । दिनको १८ देखि २० घण्टासम्म लोडसेडिङको मार खेपिरहेका नेपाली जनतालाई आफ्नो विज्ञता, ज्ञान, अनुभव र कार्य कुशलता मार्फत अध्यारो युगको अन्त्य गर्दै देशलाई उज्यालो युगमा प्रवेश गराउने घिसिङलाई कार्यकाल सकिनु अगावै गरिएको बर्खास्ती आपत्तिजनक रहेको अध्यक्ष मोहन पौडेल र महासचिव दावा लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।